www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः १६ संक्रमितको मृत्यु,कास्कीका ३०३ सहित ९०६ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार १६ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ७, बागलुङका ३,स्याङ्जा २, नवलपरासीका २,गोरखाका १ र मनाङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२३ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ हजार ३ सय ११ जनाको नमुना परीक्षण गर्दा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो समय थपिनेमा कास्कीका ३०३, गोरखाका ९८,स्याङ्जाका ९३,नवलपरासीका ८५,लमजुङका ८२,तनहुँका ७०, बागलुङका ७३, म्याग्दीका ४७,पर्वतका ३९,मनाङका १५ र मुस्ताङका १ जना रहेका छन् ।

संक्रमण हुनेमा ४३१ जना पुरुष र ४७५ जना महिला रहेका छन् । हाल प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ७ सय ४१ रहेको छ ।

प्रदेशभर आज १ हजार ५३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३४ हजार ३ सय ४ पुगेको छ ।प्रदेशमा अहिले ९ हजार ७ सय १४ रहेका छन् जसमध्ये ९ हजार १० जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.