www.tandavnews.com
Fact ~ In search of truth

दक्षिण कोरियामा रहेका कस्केलीद्धारा ​अक्सिजन कन्सन्ट्रेटर तथा स्वास्थ्य सामाग्री सहयोग

पोखरा ।

दक्षिण कोरियामा रहेका कस्केलीले सहयोग गरेका छन् । कोभिड १९ विरुद्ध लड्न कास्की परिवार, दक्षिण कोरियाका कास्कीमा स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बिहीबार कास्की परिवार दक्षिण कोरियाको सहयोगमा उपलब्ध भएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कास्कीका ४ गाउँपालिका र पोखरा २१ लाई प्राप्त सामाग्री कार्यक्रमका संयोजक तथा परिषद्का केन्द्रीय उपाध्यक्ष निरज थापाले पालिका र वडाका सम्बन्धित प्रतिनिधिलाई प्रदान गरे ।

Batas

थापाका अनुसार परिषद्का क्विक रेस्पोन्स टिमका संयोजक तथा परिषद्का महासचिव हंसराज ढकालको संयोजनमा दक्षिण कोरियाबाट १० लाखभन्दा बढीको सहयोग गरिएको हो ।

मादी गाउँपालिकालाई १ अक्सिजन कन्सन्ट्रेटर कम भएकाले केही समयपछि उपलब्ध गराइने उनको भनाइ छ । ४ वटा अक्सिजन कन्सन्ट्रेटर, २५ वटा पल्स अक्सिमिटर, थर्मल गन र अक्सिजन मास्क १५÷१५ वटा सहयोग गरिएको हो । मास्क ५ हजार, पन्जा १० बट्टा र सेनिटाइजर ५ जार उपलब्ध गराइएको थापाले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.