www.tandavnews.com
Fact ~ In search of truth

पश्मिाञ्चल अस्पताललाई युवा संघ गण्डकीको सहयोग

पोखरा ।

युवा संघ गण्डकी प्रदेशले पश्मिाञ्चल क्षेत्रिय अस्पताललाई सहयोग गरेको छ । एक कार्यक्रमकाबिच युवा संघ गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङले अस्पताललाई सहयोग हस्तान्तरण गरे । संयोजक गुरुङले १३ र अन्य साथीहरुबाट संकलित ५० वटा अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

सिलिन्डरसँगै २ कार्टुन सर्जिकल मास्क र २ कार्टुन स्यानिटाइजर सहयोग गरेको हो । करिब १० लाख रुपैयाँ बराबरको सामान रहेको युवा संघका पदाधिकारीले बताए ।

Batas

युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, गण्डकी अध्यक्ष महेन्द्र गुरुङ, गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, कृष्णबहादुर थापा, मानबहादुर गुरुङ लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामग्री लिँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर डुकबहादुर क्षेत्रीले अक्सिजनलाई स्टकमा राखिने बताए । ‘स्टकमा राख्छौं, यहाँको सप्लाई कट अफm भएपछि इमरजेन्सिमा प्रयोग गर्छौं,’ उनले भने ।

युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवा संघ जिम्मेवार संस्था भएकाले स्वयंसेवकीय भूमिका खेलेको बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.