www.tandavnews.com
Fact ~ In search of truth

पूर्व सांसद कृष्ण थापाले सेवा सुविधा राज्यलाई फिर्ता गरे

पोखरा /ताण्डव न्यूज ।

पार्टीको ह्वीप उल्लंघन गरेसंगै सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले आफूले पाउँदै आएका सेवा सुविधा राज्यलाई फिर्ता गरेका छन् ।

शुक्रबार थापाले आँफूले प्रयोग गरिरहेको गाडी फिर्ता गरे । प्रदेश मामिला समिति सभापती समेत रहेका थापाले प्रदेशसभा सचिवालयलाई जानकारी गराएर गाडी फिर्ता गरेका हुन् ।

Batas

थापालाई काँग्रेस नेतृत्वमा सरकार बनाउन नसघाएको भन्दै भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटीबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ । यद्यपी कानूनी उपचार खोज्न थापाले अदालत जाने तयारी गरिरहेको बताईन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.