www.tandavnews.com
Fact ~ In search of truth

वारेसमार्फत न्याय माग्न अदालत पुगे राजमो सांसद थापा

पाेखरा
ताण्डव न्यूज ।

पार्टीले गण्डकी प्रदेशको सांसद पदबाट हटाएको पत्र सभामुखमार्फत पठाएपछि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले कारवाही फिर्ता गरिपाउँ भनि सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । सांसद थापाको वारेस भई गणेश घिमिरेले अदालतमा रिट हालेका हुन् ।

गण्डकी प्रदेशको सत्ता जोड घटाउमा केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसलाई समर्थन गर्न नमानेका कट्टर कार्यकर्ता थापा अन्तिम समयसम्म टसकोमस नभएपछि पार्टी महासचिव मनोज भट्ट पोखरा आएर थापालाई मनाउन प्रयास गरेका थिए । तरपनि थापाले कांग्रेसको समर्थनमा जान नमानेपछि पार्टीले बिहीबार गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई सांसदबाट हटाएको सूचना पठाएको थियो ।

Batas

सोही सूचना सभामुख अधिकारीले सांसद थापालाई सुनाएपछि उनले आफुले प्रयोग गरिरहेको गाडी तत्काल फिर्ता गरेका थिए । पदबाट हटाइएपछि थापाले सञ्चारकर्मीसँग आफुले स्वाभिमानको राजनीति गरेको बताउँदै ‘गाउँमा गएर खेतिपाती गर्ने’ प्रतिक्रिया दिएका थिए । तर शुक्रबार थापाले सांसद पद कायम गर्न वारेसमार्फत सर्वाेच्चमा रिट दायर गरेका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेस माओवादी र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेपनि राजमोकोतर्फबाट थापाले हस्ताक्षर गरेका थिएनन् । थापाले हस्ताक्षर नगरेपछि उनलाई कारवाही गर्न अर्का सांसद पियारी थापाले पार्टीमा अनुरोध गरेकी थिइन् । साथै, महासचिव भट्टले समेत पियारीलाई समर्थन गरेपछि केन्द्रीय कमिटीको बैठकले थापालाई कारवाही गरेको हो । प्रदेशमा राजमोसँग थापासहित ३ सांसद छन् ।

केन्द्रीय कमिटीको निर्णयअनुसार ‘पार्टीको निर्णयविपरित गएको’ भनि थापालाई कारवाही गरिएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.