www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः १० संक्रमितको गुम्यो ज्यान, थपिए ६८० संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज १० संक्रमितले ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा कास्कीका ४,म्याग्दीका २,तनहुँका २,बागलुङ र नवलपरासीका १-१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६८० जना संक्रमित थपिएका छन् ।निर्देशनालयले जारी गरेको तथ्यांक अनुसार संक्रमित थपिनेमा कास्कीका १५५,बागलुङका ११८,नवलपरासीका १२२,गोरखाका ७५, पर्वतका ४८,लमजुङका ४४, तनहुँका ४९,स्याङ्जाका ४८ र म्याग्दीका २० रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४५ हजार ४ सय २१ पुगेको छ । संक्रमित हुनेमा ३२२ जना महिला र ३५८ जना पुरुष रहेका छन् ।

यस्तै आज ९४६ जना निको भएका छन् । प्रदेशमा आज निको भएकासँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार २५० रहेको छ ।
हाल प्रदेशमा ९ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन। जसमध्ये ८ हजार ८६३ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.