www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार बन्न ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ले जाँच लिने

सरकारले पत्रकार बन्न जाँच लिने व्यवस्था गर्न लागेको छ ।

जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न लागिएको सरकारका प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। प्रवक्ता गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका हुन्।

‘पत्रकारिता क्षेत्रमा आलोचना टिप्पणी हुनुको अर्थ जो पनि पत्रकार बन्दिने भए। प्रेस कार्डको पनि दुरुपयोग हुने भयो। त्यसैले यो स्थितिबाट देशलाई जिम्मेवार बनाउनु छ। पत्रकारहरूलाई जिम्मेवार बनाउनु छ भने आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता छ भनेर यो को कार्यक्रम राखेको छ,’ गुरुङले भने ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.