एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिएको छ ।
फेसबुकले ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टले सन् २०२१ को जनवरी महिनामा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । यसै वर्षको जनवरी महिनामा अमेरिकाको संसदमा भएको हिंसापछि उनको एकाउन्ट बन्द गरिएको थियो । ट्रम्पमाथि अमेरिकी संसदमा हिंसा भड्काएको आरोप लागेको थियो ।
तर, गत महिना फेसबुकको निगरानी बोर्डको बैठक भएको र त्यसमा ट्रम्पको एकाउन्टमाथि लगाइएको प्रतिबन्धको आलोचना भएको थियो ।
फेसबुकले अब नेताहरुको कन्टेन्टको निगरानीमा दिएको छुट सम्बन्धी नितीलाई खारेज गर्दै फेसबुक एकाउन्ट बन्द गर्न सक्ने निती अपनाएको छ । जस अनुसार अब ट्रम्पको फेसबुक २०२३ सम्म निलम्बनमा रहनेछ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.