www.tandavnews.com
Fact ~ In search of truth

हेमजामा एम्बुलेन्सहितको हेल्प डेस्क सञ्चालनमा

पोखरा
ताण्डव न्यूज ।

हेमजामा स्थापित कोरोना महामारी नियन्त्रण समितिले एम्बुलेन्स सेवासहित हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । कोरोना नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले पोखरा २५ मा गठित समितिले होम आइसोलेसनमा बसेकाहरुको मनोबल उच्च राख्न, स्वास्थ्य परामर्श दिन र आवश्यकता अनुसार उपचारको प्रक्रिया अगाडी बढाउन चिकित्सक, नर्स, एम्बुलेन्स सेवा सहितको हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्यकर्मी मार्फत बिरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन र सोको अभिलेख राख्ने काम सुरु भएको छ । बिरामीलाई यथार्थ विवरण दिन र सहजीकरण गर्न हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो । चिकित्सक, नर्स, एम्बुलेन्स सेवा सहितको हेल्प डेस्क सञ्चालन गरी नेपाल हेल्थ क्रप्स र कोरोना महामारी नियन्त्रण समन्वय समितिबिच दैनिक ६ घण्टा डाक्टरी सेवा र बेलुका ५ बजेदेखि ७ बजेसम्म विशेषज्ञ सहितको टेली मेडीसीन सेवा दिने गरी सम्झौता गरीएको सचिवालय सदस्य बिजय पौडेलले बताए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.