www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ४४ हजार ८२ पुग्याे

भारतमा कोरोनाभाइरसका एक लाख २० हजार ५२९ सङ्क्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमित हाल १५ लाख ५५ हजार २४८ छन् ।

पछिल्लो चौबीस घण्टामा एक लाख ९७ हजार ८९४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६७ लाख ९५ हजार ५४९ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म ३६ करोड ११ लाख ७४ हजार १४२ नमूना परीक्षण गरिएको छ । शुक्रबार २० लाख ८४ हजार ४२१ नमूना परीक्षण गरिएको छ ।

Batas

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ३८० सङ्क्रमितको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २२ करोड ७८ लाख ६० हजार ३१७ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.