www.tandavnews.com
Fact ~ In search of truth

बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै मूल्य बढाएको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको निगमले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । यसैगरि आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ ।

Batas

निगमका अनुसार गएराती १२ बजे पछिबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ हुने भएको छ । मट्टितेल र डिजेलको १०८ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ । यसअघि उपत्यकामा निषेधाज्ञा शुरु भएपछि जेठ २ गते मूल्य बढेको थियो ।-

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.