www.tandavnews.com
Fact ~ In search of truth

जनमोर्चाका थापाले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

पोखरा
ताण्डव न्यूज ।

सांसद पद निलम्बनमा परेपछि पुर्नबहालीको दावी सहित सर्वोच्च पुगेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको रिटमा आज सुनुवाई हुने भएको छ । अहिले बिहान १० बजे पेसी चढ्ने भन्दै सर्वोच्चले दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

निवेदक कृष्ण थापा र विपक्षीमध्येको निर्वाचन आयोगलाई अदालतले हाजिर हुन आदेश गरेको हो । थापाले पार्टी कारबाही फिर्ताका लागि गत शुक्रबार सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । थापाले शुक्रबार सर्वोच्चमा रिट दिँदै उत्प्रेषण आदेश जारी गरेर कारबाहीलाई बदर गर्न माग गरेका हुन् । प्रदेश सभा सदस्यको हैसियतमा निरन्तर काम कारबाही गर्न दिन प्रतिशाेधयुक्त परमादेश जारी हुनुपर्ने माग थापाले राखेका छन् । रिटमा आदेश हुन समय लागेमा अन्तरिम आदेश दिइनुपर्ने मागसहित थापा सर्वोच्च पुगेका हुन् ।

Batas

सांसद थापाको तर्फबाट सर्वाेच्च अदालतमा शुक्रबार रिट परेको हो । उनको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्वअध्यक्ष भोजराज आचार्यले बहस गर्दैछन् । रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजी बदरको माग गरिएको छ । थापाले गणेश घिमिरेलाई वारेसनामा दिई रिट दर्ता गराएका हुन् ।

आफूले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ विपरीत कुनै कार्य नगरेकाले पार्टीले आफूलाई गरेको कारबाही बदरभागी रहेको उनले दिएको रिटमा उल्लेख छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.