www.tandavnews.com
Fact ~ In search of truth

मनाङ : बोलपत्र नपरेपछि वडा कार्यालयमार्फत नदीजन्य पदार्थ उत्खनन

मनाङ ।

ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि पटकपटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि मनाङ ङिस्याङ गाउँपालिका–६ कार्यालयले संकलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा दुईपटक सूचना प्रकाशित गर्दासमेत बोलपत्र नपरेपछि गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी वडा कार्यालयलाई उत्खननको अनुमति दिएको हो ।

गाउँपालिकाले २०७७ माघ २६ र फागुन २८ गते सूचना प्रकाशित गरे पनि कुनै कम्पनीको बोलपत्र परेको थिएन । पटकपटक सूचना प्रकाशन गर्दा कसैको बोलपत्र नपरेपछि वडा कार्यालयलाई गण्डकी प्रदेशसभाले पारित गरेअनुरुपको दरमा नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए ।

Batas

मनोमानी ढङ्गबाट नदीजन्य पदार्थ उत्खनन रोक्नका लागि यो माध्यम अपनाइएको गाउँपालिकाले जनाएको छ । बोलपत्र आह्वान गर्दासमेत नदीजन्य पदार्थ संकलन नहुने अवस्था आएपछि गाउँपालिकाभित्रका विकास निर्माणलाई समेत आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा संकलन गर्न नसकिएको जनाइएको हो ।

नदीजन्य पदार्थ उत्खननबाट संकलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने बताइएको छ । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.