www.tandavnews.com
Fact ~ In search of truth

चिप्लेढुंगामा फुडबैंकः’हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’

पोखरा ।

पोखराको विपी चोकस्थित चिप्लेढुंगामा फुडबैंक सञ्चालनमा आएको छ ।

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्न लायन्स क्लब अफ अभियानद्वारा फुड बैंक सञ्चालनमा ल्याइएको हो । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् ।

Batas

विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन् । अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान शुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिए । ‘हामीले जेठ १६ गतेदेखि अभियानमा शुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ’, उनले भने ।

उनका अनुसार क्लबले राहत कोषमार्फत संकलित रकमबाट शुरुमा २० हजारबाट सो अभियान शुरु गरेको हो । अहिले लायन्स क्लबका सदस्य एवम् गैह्रसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् । हालसम्म करीब रु चार लाखभन्दा बढीको राहत सामग्री वितरण भइसकेको उनले जानकारी दिए ।

बिहान ६ः०० देखि ९ः०० बजेसम्म सञ्चालन गरिएको सो अभियानमा दैनिक १३० देखि माथि १६५ सम्म खाद्य सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिए । ‘हामीले नाम टिपाउँछौँ, सकेसम्म दिन दिनका लागि भनेर सामान लैजान भन्छौँ, उनीहरुले आफ्नो परिवारको सदस्य सङ्ख्या र आवश्यक खाद्य सामग्री लिएर जाने गर्नुहुन्छ’, उनले भने ।

त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उनको भनाइ छ । पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म पुनः सञ्चालन गरिने छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.