www.tandavnews.com
Fact ~ In search of truth

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

चीन ।

चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको संकेत गरेको बताएका छन् ।

Batas

खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले ‘खोपको ग्रेट वाल’ निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए ।

आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.