www.tandavnews.com
Fact ~ In search of truth

बौद्धमा बोराभित्र शव फेला

काठमाडौँ ।

काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ ।

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको जानकारी दिए । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.