www.tandavnews.com
Fact ~ In search of truth

फिफा विश्वकप छनोटः नेपाल जोर्डनसँग पराजित

काठमाडौं/ताण्डव न्यूज ।

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा गएराति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे भने याजन अलले एक गोल गरे । जितसँगै समूह ‘बी’ मा रहेको जोर्डनले ६ खेलमा १३ अङ्क जोडेको छ । नेपालले भने ७ खेलमा ६ अंक मात्रै जोड्न सकेको छ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।

Batas

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.