www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १८ः रेडीमिक्स्चर दुर्घटना, सहचालक थापाको मृत्यु

अर्जुन गाहा (सुशान्त)

पोखरा/ ताण्डव न्यूज ।

पोखरा महानगरपालिका १८ मेथलाङ नजिक गण्डकी निर्माण समन्वय प्रालिको (आरएमसी) रेडीमिक्सचर अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

Batas

सराङकोट देखि पोखरा झर्दै गरेको ग १ ख ३१८७ नम्बरको रेडीमिक्सचर मेथलाङ तल आज (मंगलबार) विहान १० बजे दुर्घटना हुदाँ सहचालक पोखरा १४ चाउथेका २९ वर्षीय अनिरोध थापाको ज्यान गएको हो ।

दुर्घटनामा परेको सहचालक थापालाई मिक्सचरले च्यापेको बताउदैँ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा ११ः२५ बजे डाक्टरले मृत्यु घोषणा गरेको थियो ।
सहचालक थापाको उद्धारका लागि क्रेन र जेसीबीको सहायता लिनपर्ने गरी मिक्सचरले च्यापेको थियो ।

डिएसपी हमालका अनुसार सो घटनामा परि काठमाडौंँ कोटेश्वरका ३५ वर्षीय चालक राजन ठकुरी घाईते भएका छन् । टाउकोमा चोट लागेका घाईते ठकुरीको फिस्टेल अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.