www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी :पोखरामा उपचाररत ८ सहित १० संक्रमितले गुमाए ज्यान

कास्कीका २३२ सहित ५१८ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका ८ संक्रमित सहित गण्डकी प्रदेशमा १० संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्कीका ३, पर्वतका २,स्याङ्जाका २,लमजुङका १ , तनहुँका १ र नवलपरासीका १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८९ पुगेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५१८ संक्रमित थपिएका छन् ।

निर्देशनालयको अनुसार कास्कीका २३२,गोरखाका १०६,पर्वतका ८७,नवलपरासी पूर्वका ३१ बागलुङका १७,म्याग्दीका १५,लमजुङका १२,स्याङ्जाका १२, तनहुँका ५ र मुस्ताङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

२४९ महिला र २६९ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४७ हजार ८०९ पुगेको छ ।

यस्तै आज १ हजार ७३ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार १२० रहेको छ ।

हाल प्रदेशमा ७ हजार ९०० सक्रिय संक्रमित छन् । जसमध्ये ७ हजार ३ सय ७५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.