www.tandavnews.com
Fact ~ In search of truth

विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख नाघ्यो

काठमाण्डौँ
ताण्डव न्यूज ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ । बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना सङ्क्रमित थपिएको वल्र्डमिटर्सले जनाएको छ ।

सोही अवधिमा १० हजार १६४ जना सङ्क्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ । अहिलेसम्म १५ करोड ८४ लाख ३८ हजार २६७ जनाले कोरोनालाई जितेका छन् । सक्रिय सङ्क्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

Batas

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा सङ्क्रमण फैलिएको छ । सङ्क्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा सङ्क्रमण हुँदा ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.