www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनमाथि झापड

एजेन्सी ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् ।

सडकमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहँदा एक व्यक्तिले राष्ट्रपति माक्रोनलाई झापड हानेका हुन् । सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति माक्रोनका सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ ।

Batas

वक्तव्यमा राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.