www.tandavnews.com
Fact ~ In search of truth

संकटमा गाउँ सम्झे राईनासका युवाले

लमजुङ ।

कोरोना भाईरसको दोस्रो चरणले बिकराल रुप लिएपछि ग्रामिण भेगमा पनि संक्रमण बढ्ने क्रममा छ । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ ।

गाउँमा कोरोना संक्रमण बढ्न थालेपछि लमजुङको राईनास नगरपालिका २ मा रहेका युवाहरुले गाउँमा सहयोग गरेका छन ।
जन्मथलो भन्दा बाहिर रहेका युवाहरुले सहयोग रकम संकलन गरेर राईनास नगरपालिका वडा नं २ को साहिलीटारमा रहेको ७५ घरपरिवारलाई स्वास्थ्य सामाग्री तथा भिटामिन ट्याब्लेट बितरण गरिएको सहयोग संकलन अभियानको थालनी गरेको भानु अधिकारीले जानकारी दिए ।

Batas

उनका अनुसार गाऊमा स्वास्थ्य सचेतनाको अभाव, संक्रमण भैसकेपछि हुनुपर्ने सजगताको कमि देखिएकोले कारोना नियन्त्रण चुनौतीपुर्ण रहेको छ । पूर्व सावधानी सहित संक्रमण पछि वा लक्षण देखिएका बिरामीको लागि ज्वरो नाप्ने मेसिन, अक्सीमिटर, माक्स, हातधुने साबुन लगायतका सामाग्री वितरण गरिएको हो ।

योे अभियान कोरोना भाईरस नियन्त्रण पछि पनि चलिरहने र यसलाई संस्थागत रुपदिने तयारी भएको पनि अधिकारीले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.