www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सभाध्यक्षसमक्ष सदस्य दृगनारायण पाण्डेयद्धारा शपथ

काठमाडौं ।

राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन्।
त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उनीनिर्वाचित भएका थिए।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.