www.tandavnews.com
Fact ~ In search of truth

झापाः करेन्ट लागेर बालकको मृत्यु

झापा ।

झापाको विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

Batas

छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो। रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.