www.tandavnews.com
Fact ~ In search of truth

भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम

नयाँ दिल्ली ।

भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।

Batas

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो । त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.