www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङः भेडा चराउन गएका बेला पौडी खेल्दा डुबी युवकको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

मुस्ताङमा एक युवक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

म्याग्दी जिल्ला रघुगंगा गाँउपालिका १ घर भई मुस्ताङको थासाङ गाँउपालिका २ सेकुङ बस्ने २३ वर्षीय रमेश पुनको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

सेकङका नेत्रप्रसाद राम्जाली पुनको भेडी गोठमा गोठालो गरि बस्दै आएका पुन भेडा चराउन गएकोमा सेकुङ तालमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनी हिजो दिउँसो साढे ३ बजे तालको बिचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.