www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः१० संक्रमितको गयो ज्यान, १७३३ जना निको भए

कास्कीका ९१ सहित ६६३ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका ५ संक्रमित सहित गण्डकी प्रदेशमा १० संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्कीका २,म्याग्दीका २,तनहुँका २, पर्वतका १, र नवलपरासीका ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९९ पुगेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६६३ संक्रमित थपिएका छन् ।

निर्देशनालयको अनुसार कास्कीका ९१,मुस्ताङका ११,मनाङका १७,पर्वतका ३९,गोरखाका ८६, लमजुङका ८९,तनहुँका ६९,बागलुङका ६०,स्याङ्जाका ५१ र नवलपरासी पूर्वका १५०जनामा संक्रमण पुष्टि भएको हो ।

३३२ महिला र ३३१ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४८ हजार ४७२ पुगेको छ ।

यस्तै आज १ हजार ७३३ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ८५३ रहेको छ ।

हाल प्रदेशमा ६ हजार ८२० सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार ३०१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.