www.tandavnews.com
Fact ~ In search of truth

आज विश्वासको मत लिँदै मुख्यमन्त्री गुरुङ, यस्तो छ पक्ष/विपक्षको गणित

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

अन्तिम समयमा आएर आफ्नै सरकारका एक मन्त्रीले गुट परिवर्तन गर्ने बताएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ थप अप्ठेरोमा परेका छन् । गुरुङले प्रदेश सभामा विवश्वासको मत लिन लागेको पूर्वसन्ध्यामा गुरुङ सरकारमा दोश्रोपटक मन्त्री बनेका स्वतन्त्र सांसद दिपक मनाङेले साथ छोड्ने बताएपछि गुरुङलाई सरकार टिकाउन अप्ठेरो हुने देखिएको छ । संसद नै विघटनसम्म हुन सक्ने अड्कलबाजी भैरहेको समयमा मनाङेको कित्ता परिवर्तनले संसद जोगिएर विपक्षीको पल्ला भारी हुन सक्ने आँकलन गर्न थालिएको छ ।

२९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङको पक्षमा अहिलेसम्म २८ सांसद छन् भनिएको थियो । तर मनाङेले साथ छोड्ने वित्तिकै उनीसंग आफ्नो पार्टी एमालेका सांसदहरुमात्र बाँकी रहन्छन् । जनमोर्चाका कृष्ण थापाको मात्र साथले पनि मुख्यमन्त्रीको सरकार कायम रहँदैन । उसो त मनाङेले साथ दिएकै अवस्थामा पनि मुख्यमन्त्रीलीले प्राप्त गरेको मतले सरकार कायम रहने अवस्था छैन ।

Batas

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका मन्त्री मनाङेले प्रदेश सभा भंग गरेर मध्यावधि चुनावमा जान खोजेकाले मन्त्रिपरिषद् बैठकमा आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन् ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। विश्वासको मतका लागि ३१ सांसद आवस्यक पर्छन् ।

अहिले नेकपा (एमाले)का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन्। कांग्रेस, माओवादी, जनमोर्चा र जसपा विपक्षमा छन् । तर, जनमोर्चाका सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङको पक्षमा देखिएका छन् ।

स्वत्रन्त्र सांसद मनाङ्गेले साथ दिएमा विपक्षी गठबन्धनको पनि बहुमत पुग्ने देखिएको छ । कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चाका दुई, जसपाका दुई र एक स्वतन्त्र गरी ३१ सांसद पुग्छन् । यो संख्या सरकार बनाउनका लागि बहुमत पुग्ने संख्या हो ।

रोचक कुरा के हुनेछ भने मन्त्री मनाङेले विपक्षीलाई साथ दिने र जनमोर्चाका थापा मुख्यमन्त्रीकै पक्षमा मतदान गरेभने फेरिपनि संसद विघटनकै बाटोमा जाने देखिन्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.