www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश विकासको नेतृत्व म गर्छु, विश्वासको मत दिनुहोस : मुख्यमन्त्री गुरुङ

पोखरा/ ताण्डव न्यूज ।

प्रदेशसभा बैठकमा गण्डकी प्रदेश संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् ।

गत बैसाख २९ गते दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संवैधानिक प्रावधान अनुरुप आज विश्वासको मत मागेका हुन् ।
गुरुङले गण्डकी प्रदेशका विभिन्न अस्पतालहरुमा २४ थान भेन्टिलेटर जडान गरिएको, १४१३ शैय्या सहित कोरोना संक्रमितका लागि आईसोलेसनको व्यवस्थापन गरिएको बताए ।

Batas

८ वटा जिल्ला अस्पतालमा अक्सिन उत्पादन सुरु भएको र धौलागिरी अस्पताल बागलुङमा २०० शैय्यामा स्तरोन्नती भएको, पोखरामा लेखनाथ सामुदायिक अस्पताललाई कोभिड विशेष अस्पतालका रुपमा विकास गरिएको लगायतका उपलब्धी उनले सुनाए ।

गण्डकी प्रदेशमा अहिलेसम्म १ लाख २७ हजार ७ सय ३१ जनाले कोरोनाको खोप लगाएको पनि मुख्यमन्त्री गुरुङले बताएका छन् गण्डकी विश्वविद्यालय सञ्चालन गरिएको, ३६ जेष्ठ नागरिक केन्द्र निर्माण गरिएको फेवातालको संरक्षणका लागि सिल्टेशन ड्याम निर्माण गरिएको प्रदेशभर ३०८ वटा होम स्टे स्थापना गरिएको लगायतका विषय उनले उल्लेख गरे ।

उनले आफ्नो कार्यकालमा विकाश निर्माणका कार्यहरुको फेहरिस्त सुनाए । एक घर एक धारा, कृषियोग्य जमिनमा बाह्रैमास सिँचाई सुविधा, उज्यालो प्रदेश, जनता आवास कार्यक्रम, जमिन चक्लाबन्दी योजना, सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना लगायतका काम सरकारले गरिरहेको बताए । गुरुङले विषम परिस्थितिमा पनि आर्थिक उपलब्धी गर्न सरकार सफल भएको बताए ।

अनिष्टको बीच आफुले पदबाट राजीनामा दिएको भएपनि अरु दलहरुले बहुमत पु¥याउन नसकेपछि आफू पुनः मुख्यमन्त्री भएको भन्दै उनले विश्वाश मत प्राप्त भएमा नीति तथा कार्यक्रम ल्याई प्रदेशको विकासमा केन्द्रित हुने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.