www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीःसंक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

पोखरामा उपचाररत १० सहित १८ को मृत्यु,५६६ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज बिहीबार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ । केही दिन देखि संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमि आएकोमा आज भने बढेको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट पछिल्लो अपडेट अनुसार १८ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखरामा उपचाररत १० सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा १८ संक्रमितले ज्यान गुमाएका हुन् ।

Batas

ज्यान गुमाउनेमा कास्कीका ७,म्याग्दीका १,गोरखाका ३,तनहुँका १,बागलुङका ३,स्याङ्जाका १ र नवलपरासीका २ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१७ पुगेको छ ।हिजो प्रदेशमा १० संक्रमितले ज्यान गुमाएका थिए ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५६६ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका ११८,म्याग्दीका २१ पर्वतका ४,गोरखाका ७८, लमजुङका ५१,तनहुँका ७१,बागलुङका ८१,स्याङ्जाका ४७ र नवलपरासी पूर्वका ९५जनामा संक्रमण पुष्टि भएको हो ।

२७८ महिला र २८८ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४९ हजार ३८ पुगेको छ ।

यस्तै आज ८०८ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ६६१ रहेको छ ।
हाल प्रदेशमा ६५६० सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार ९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.