www.tandavnews.com
Fact ~ In search of truth

सभामुखको आह्वानमा आज सर्वदलीय छलफल हुँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज समसामयिक राजनीतिक घटनाक्रमको बारेमा सर्वदलीय छलफल हुँदैछ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । दिउँसो २ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने छलफलमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

Batas

दोस्रो पटक संसद विघटन भएपछि सभामुख सापकोटाले कानुनविद, पूर्व सभामुख लगायतका सरोकारवाला निकायसँग परामर्श गरेका थिए । कानुनविदसँगको कुराकानीमा सभामुख सापकोटाले संसद विघटनविरुद्ध संविधान अनुसार नै असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.