www.tandavnews.com
Fact ~ In search of truth

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

कर्णाली ।

प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् ।

प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा शङ्कर रिजाल, डा यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए । आयुर्वेद अस्पताल प्रमुख डा रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन् । “घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ”, जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.