www.tandavnews.com
Fact ~ In search of truth

युरोकप आजबाट

मिनि वर्ल्डकप भनेर चिनिने युरोकप २०२० को संस्करण एक वर्षपछि आजबाट सुरु हुँदैछ ।

विश्वव्यापिरुपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता एक वर्षयता धकेलिएको हो । सन् १०६० मा पहिलोपटक आयोजना भएको युरोकप त्यसपछि हरेक चार वर्षको अन्तरालमा आयोजना हुने गरेको हो । जुन ११ देखि जुलाई ११ सम्म संचालन हुने यस वर्षको युरोकपमा २४ राष्ट्र सहभागी हुँदैछन् ।

युरोकपको ६०औं जन्मदिन मनाउने क्रममा यसपटकको युरोकप ११ वटा फरकफरक शहरहरुमा आयोजना गर्न लागिएको हो । आजको उद्‍घाटन खेलमा इटलीले आफ्नो घरेलु मैदान रोममा टर्कीसँग प्रतिस्पर्धा गर्दैछ । ६ वटा समूहमा विभाजित २४ राष्ट्रहरुको फाइनल खेल भने लण्डनको वेम्बली खेलमैदानमा हुनेछ ।

समूह चरण ए अन्तर्गतको आजको पहिलो खेल रोमको स्टाडियो ओलिम्पिकमा नेपाली समयानुसार राती पौने एक बजे सुरु हुँदैछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.