www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पेश

पोखरा
ताण्डव न्यूज ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसिमा सकिनै लाग्दा मुख्यमन्त्रीका लागि एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर गुरुङले दावी गरेका हुन् । जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको बताइएको छ । जसपाको केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षमध्ये कसको आधिकारिकता भन्ने विवाद चलिरहेका बेला प्रदेशमा पनि यो विवाद सरेको छ । राजमोका कृष्ण थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्वहाली गरेपछि प्रदेशसभा सचिवालय भ्याकेटमा गएको थियो ।

Batas

तर यसबीचमा शुक्रवार पुन उनको पद रिक्त गराइएको सूचना गैर संवैधानिक भएको र अदालतमा भ्याकेटको निवेदनमाथिको मुद्दा समेत चलिरहेको जानकारी समेत प्रदेश प्रमुखलाई गराइएको छ ।

यसैबीच नयाँ सरकार गठनका लागि दिइएको समय सकिनैलाग्दा पार्टीले सांसद पदबाट हटाउँदै कारवाही गरिएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले गण्डकी प्रदेशप्रमुखसंग भेट गरेका छन् ।
थापाको पार्टीका अन्य सांसद गठबन्धनमा भए पनि थापा भने सहभागी छैनन् । ३१ जना सांसद् पोखरेलको पक्षमा समर्थन गर्दै प्रमुख निवासमा सशरीर उपस्थित भएका थिए ।

तर प्रदेश प्रमुखले अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् । थापालाई सर्वोच्चले पदमा पुनर्वहाली गरिदिएको थियो । यो मुद्दाको अन्तिम किनारा भने लागेको छैन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.