www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका विपक्षी गठबन्धन सडकमा

पोखरा
ताण्डव न्यूज ।

गठबन्धन सरकार गठनका लागि काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पाटी र राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसदहरु प्रदेश प्रमुख कार्यालयको गेटअघि सडकमा बसेर धर्ना दिएका छन्।

काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव सहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका सांसदहरुले दवाव स्वरुप गेट बाहिर धर्ना बसेका हुन् । उनीहरुले विधिको पक्षमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । अन्तिम समयमा आएर एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दावी पेश गरेपछि गठबन्धनका सांसदहरु थप सशंकित बनेका छन् । उनीहरुले संसद विघटन समेत हुन सक्ने आशंका गर्दै आफूहरुको पक्षमा प्रदेश प्रमुखले निर्णय लिनुपर्नेमा दवाब दिईरहेका छन् ।

Batas

यसअघि गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका थिए । राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर गुरुङले दावी प्रस्तुत गरेपछि यसलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेको अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकी प्रदेशको सत्ता राजनीति थप पेचिलो बनेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.