www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको मुख्यमन्त्रीमा नवलपुरका कृष्णचन्द्र नेपाली

पोखरा
ताण्डव न्यूज ।

प्रदेश सभामा नवलपुरबाट निर्वाचित सांसद कृष्णचन्द्र नेपाली पोख्रेल गण्डकी प्रदेशको मृख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेललेले नेपालीलाई नेपालको संविधान को धारा १६८(५) अनुसार मुख्य मन्त्रीमा नियुक्त गरेको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछी प्रदेश प्रमुख पौडेलले नेपालको संविधान को धारा १६८(५) अनुसार नयाँ सरकार गठनको आह्वान गरे लगत्तै नेता नेपालीले आफुलाई मुख्य मन्त्री नियुक्त गरिपाउँ भन्दै ३१ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई शुक्रबार निवेदन बुझाएका थिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.