www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरामा उपचाररत ५ सहित ७ संक्रमितले गुमाए ज्यान

संक्रमितको संख्या ५० हजार नाघ्यो

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ७ संक्रमितले ज्यान  गुमाएका छन् ।

 पोखरामा उपचार गराइरहेका ५ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ७ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका १, मुस्ताङका १,तनहुँका २,बागलुङका १, स्याङ्जाका १ र नवलपरासीका १ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३८ पुगेको छ ।

 

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३४७ जना संक्रमित थपिएका छन् ।

निर्देशनालयको अनुसार कास्कीका  १५२,स्याङ्जाका ४५,नवलपरासीका ४१,तनहुँका ४७,लमजुङका १४, गोरखाका २४,पर्वतका ३, र  म्याग्दीका २१ जनामा संक्रमण पुष्टि भएको हो ।

१६७ महिला र १८० पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५० हजार ३०४ पुगेको छ ।

यस्तै आज ४७३ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ६१९ रहेको छ ।

हाल प्रदेशमा ५हजार ८४७ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ४०२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.