www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको किड्नीप्रति मजाक उडाउँदै मनाङेले भनेः अरुको त किडनी छ नी यार !

पाेखरा/ताण्डव न्यूज

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गरेपछि नेपाली कांग्रेसलगायतका विपक्षी गठबन्धन सरकार बनाउन जुटिरहेकाबेला एक्कासी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि हस्ताक्षरसहित पत्र बुझाएको भन्ने चर्चा चलेपछि गठबन्धन झस्कियो ।

बेलुकी ३ बजेपछि प्रदेश प्रमुख सिताकुमारी पौडेलबाट बोलावट नभएपछि विपक्षी गठबन्धनका ३१ सदस्यले प्रदेश प्रमुखको निवासअघि सडकमै धर्ना कसे । अबेरसम्म धर्ना कसेपछि सञ्चारकर्मीहरुले संवादसहित प्रत्यक्ष प्रशारण गरे । सोहीक्रममा स्वतन्त्र सांसद राजीव गुरुङ –दिपक मनाङे)ले प्रधानमन्त्रीको किडनीमाथि अभद्र टिप्पणी गरे ।

Batas

पत्रकारले केही बोल्न आग्रह गर्दा मनाङले भने ‘केपीको ओली न फ्युचर छ न प्रिजेन्ट छ ।’ प्रदेशमा सत्ता समीकरणको जोडघटाउमा ‘किङमेकर’को भूमिकामा देखिएका मनाङेले हाँस्दै प्रधानमन्त्रीको मजाक उडाए ।
उनले केपी ओलीको पछि लाग्ने मान्छेको बुद्धि नभएको दाबी गरे । ‘यो दुईवटै किडनी नभएको मान्छे हो अरुको त किड्नी छनि यार,’ मनाङेले भने, ‘बुद्धि छ भने छिटोछिटो छोड्देउ, उसको साथ छोडेको राम्रो हो मैले त ठिक टाइममै छाडेर बसेको हो ।’

machhapuchre
madi

धर्नाका दौरान प्रधानमन्त्रीको आलोचना गरेका मनाङेले साँझ मन्त्रीको सपथ लिएपछि राखेप सदस्यसचिव रमेशकुमार सिलवालको व्यक्तिगत जीवनमाथि आपत्तिजनक टिप्पणी गरे । खेलकुद क्षेत्रमा भएको राजनीतिक गतिविधिबारे बोल्दै उनले सिलवाल र राखेप सदस्य राजेश गुरुङलाई ‘ठग’को उपमा दिए । सदस्यसचिव सिलवाल आज पदमुक्त भएका छन् ।

‘सिलवालको मोजमस्ती कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागलै हुने,’ मनाङेले भने, ‘मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने, सायद त्यसको स्वास्नी नराम्री होली त्यो प्रब्लम पनि होला ।’

सोहीक्रममा उनले पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनको समेत आलोचना गर्न भ्याए । पुनलाई महिला भएकै कारण खेलकुद क्षेत्रमा राम्रो काम गर्न नसकेको मनाङेले आरोप लगाए ।  पुनले खेलकुद बुझ्न नसकेको भन्दै उनले भने, ‘हामी दिनमा दुईपटक रंगशाला छिर्छाै तर आइमाइ भएकाले उनलाई जहाँ पायो त्यही जान मिल्दैन ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.