www.tandavnews.com
Fact ~ In search of truth

अन्ततःजनमोर्चा सांसद थापाको पद गुम्यो

काठमाडौं /ताण्डव न्यूज ।

अन्ततः गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद गुमेको छ । सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको छ ।

पार्टी ह्वीप विपरित कार्य गरेको भन्दै उनी विरुद्ध परेको रिटमा आज भएको सुनुवाईका क्रममा यसअघि पदमा कायम रहने गरी दिएको आदेश सर्वोच्चले रद्द गरेको हो ।

Batas

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापा पदमा रहिरहन नमिल्ने भन्दै उक्त आदेश खारेज गरेको हो ।

थाापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग पुनरावलोकन ९भ्याकेट० को निवेदन दर्ता गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.