www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः १२ संक्रमितको गयो ज्यान, ८४२ संक्रमित निको भए

कास्कीका ५८ सहित ३४३ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ संक्रमितले ज्यान  गुमाएका छन् ।

 पोखरामा उपचार गराइरहेका ४ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा १२ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ज्यान गुमाउनेमा कास्कीका १, मुस्ताङका २, म्याग्दीका १, पर्वतका २, लमजुङका २,तनहुँका १, र नवलपरासीका ३ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८५० पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३४३ जना संक्रमित थपिएका छन् । निर्देशनालयको अनुसार कास्कीका  ५८,म्याग्दीका ५, पर्वतका ३८,गोरखाका ३०, लमजुङका ३५,तनहुँका ५, बागलुङका १२०, स्याङ्जाका १,र नवलपरासीका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

१७६ महिला र १६७ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५० हजार ६४७ पुगेको छ ।

यस्तै आज ८४२ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ४६१ रहेको छ ।

हाल प्रदेशमा ५हजार ३३६ सक्रिय संक्रमित छन् । जसमध्ये ४ हजार ९११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.