www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री मनाङेको मनपरी बोलीः सिलवाललाई केटी र रक्सीप्रेमी भनेपछि राखेपद्वारा कारवाहीको माग

पाेखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशको नेपाली कांग्रेस नेतृत्व सरकारमा मन्त्री नियुक्त भएपछि राजीव गुरुङ (दिपक मनाङे)ले मनपरी बोल्न थालेका छन् । उनले राज्यको जिम्मेवार तहमा रहेका व्यक्तिउपर अभद्र टिप्पणी गरेका छन् ।

मनाङेले मन्त्रीको सपथ लिएपछि राखेप सदस्यसचिव रमेशकुमार सिलवालको व्यक्तिगत जीवनमाथि आपत्तिजनक टिप्पणी गरे । खेलकुद क्षेत्रमा भएको राजनीतिक गतिविधिबारे बोल्दै उनले सिलवाल र राखेप सदस्य राजेश गुरुङलाई ‘ठग’को उपमा दिए ।

Batas

‘सिलवालको मोजमस्ती कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागलै हुने,’ मनाङेले भने, ‘मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने, सायद त्यसको स्वास्नी नराम्री होली त्यो प्रब्लम पनि होला ।’ सिलवाल हाल पदमुक्त भएका छन् ।

मन्त्री मनाङेको टिप्पणीप्रति रोष प्रकट गर्दै राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले कारवाहीको माग गरेका छन् । लाखेद्वारा जारी विज्ञप्तीमा ‘मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट भ्रामक र चरित्रहत्या हुनु गम्भीर’ भएको उल्लेख गरिएको छ ।

त्यस्तै, मनाङले शनिबारै प्रधानमन्त्रीको विषयमासमेत आपत्तिजनक टिप्पणी गरे । उनले प्रधानमन्त्रीको आफ्नै किड्नी नभएको भन्दै उनको पछि नलाग्न अरुलाई सुझाए । प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना बस्ने क्रममा उनले प्रधानमन्त्रीको किड्नी नभएकाले उनको साथ छिटो छोड्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री केपीको ओली न फ्युचर छ न प्रिजेन्ट छ भन्दै उनले केपी ओलीको पछि लाग्ने मान्छेको बुद्धि नभएको दाबी गरे । ‘यो दुईवटा किडनी नभएको मान्छे हो अरुको त किड्नी छनि यार,’ मनाङेले भने, ‘बुद्धि छ भने छिटोछिटो छोड्देउ, उसको साथ छोडेको राम्रो हो मैले त ठिक टाइममै छाडेर बसेको हो ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.