www.tandavnews.com
Fact ~ In search of truth

पोखराः नयाँबजारमा पहिरो गयो, सिद्धमार्गका घरहरु जोखिममा(भिडियो सहित)

पोखरा /ताण्डव न्यूज ।

पोखरामा हिजो साँझदेखि निरन्तर परेको वर्षाले क्षति पुर्याउन थालेको छ ।

साँझ देखि परेको अविरल वर्षाबाट पोखरा महानगरपालिका ९ नयाँबजार स्थित सिद्धमार्गमा पहिरो गएको छ । सेती नदी जाने बाटो छेउको ढिक पहिरोले भत्किएको स्थानीय प्रदीप बस्नेतले जानकारी दिए ।

Batas

घरहरु नजिकको ढिल भत्किदाँ सो क्षेत्र वरिपरिका घरहरु जोखिममा परेको छ ।नजिकै घरहरु धेरै भएकाले क्षती पुग्न सक्ने स्थानीय बस्नेतले बताए ।अहिले भने पहिरो गएको ठाउँमा परिरहेको पानीले अझै बढी क्षति नपुर्याओस भनेर पालले ढाकेर राखिएको बस्नेतले बताए ।

पहिरोको कारण स्थानीय हिड्ने बाटो बन्द भएको छ । बाटोमा ढुंगा माटो थुप्रिदा सिद्धमार्गमा भएका उपल्लो र तल्लो पट्टिका स्थानीयलाई ओहोरदोहोरमा समस्या भएको छ ।पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको बस्नेतले बताए । समयमै पहिरो रोकथामको प्रयास गरिनुपर्ने स्थानीयको भनाई छ ।

हरेक वर्ष वर्षातको समयमा सेती नदीमा पानीको वहाव बढ्दा रामघाट क्षेत्रका स्थानमा रहेका घरहरु उच्च जोखिममा पर्ने गरेको छ।यस्तै पोखरा वडा नम्बर १७ छोरेपाटन स्थित सडक भासिएको छ ।

भिडियो प्रदीप बस्नेतको फेसबुकबाट 

 

 

 

 

 

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.