www.tandavnews.com
Fact ~ In search of truth

पोखरा राइजिङ र बाराही टाउनद्धारा खाद्यान्न सहयोग

पोखरा/ ताण्डव न्यूज ।

सामाजिक कार्यमा सक्रिय लायन्स क्लब अफ पोखरा राइजिङ र बाराही टाउनले खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लब अफ पोखराले संचालन गरेको अभियानलाई यी दुई संस्थाले सहयोग हस्तान्तरण गरेका हुन् ।

अभियानलाई पोखरा राइजिङले २० हजार र बाराही टाउनले १५ हजार बराबरको खाद्यान्न सहयोग गरेको डिस्ट्रिक चियरपर्सन लायन्स क्लब अफ पोखरा बाराही टाउनकी संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ (रोजि)ले बताईन् ।

Batas

कोभिडको विषम परिस्थितीको बेला छाक टार्न पनि गाह्रो हुने परिवारलाई केही हदसम्म राहत पुगोस भन्ने उद्देश्यले आफुहरुले सक्ने जति सहयोग गरेको श्रेष्ठले बताईन् ।

लायन्स क्लब अफ पोखराले ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारासहित लकडाउनका बेला खाद्य अभावकै कारण विचल्लिमा परेका व्यक्तिलाई मध्यनजर सो अभियान सञ्चालन गरिरहेको छ ।

अभियानले पोखराको बीपी चोक, चिप्लेढुंगामा फुड बैंक(खाद्य बैंक)को स्टल राखेको छ ।बिहान बेलुकाको छाक टार्न पनि मुश्किल हुने परिवारले त्यहाँ गई खाद्यान्न लिन सक्नेछन् भने सहयोग गर्न चाहनेले पनि सहयोग हस्तारन्तरण गर्न सक्नेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.