www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ४ संक्रमितको मृत्यु, कास्कीका १४६ सहित ३८० जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरामा उपचार गराइरहेका २ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ४ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका १, गोरखाका २ बागलुङका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८५४ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३८० जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका १४६,मुस्ताङका १,म्याग्दीका ७, पर्वतका ८,गोरखाका ३५, लमजुङका १२,तनहुँका ६५, बागलुङका १४६, स्याङ्जाका ११,र नवलपरासीका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

१८० महिला र २०० पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५१ हजार २७ पुगेको छ ।

यस्तै आज ३६० संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८२१ रहेको छ ।

हाल प्रदेशमा ५हजार ३५२ सक्रिय संक्रमित छन् । जसमध्ये ४ हजार ८०० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.