www.tandavnews.com
Fact ~ In search of truth

पाल्पा: पहिराले घर पुरिदा एकको मृत्यु

पाल्पा
ताण्डव न्यूज ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिप स्थित घर माथिबाट आएको पहिरोले पुरिदा १ जनाको ज्यान गएको छ ।

गएराती (मंगलबार) साँझ ७ बजेतिर स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर पुरिदा उनका १९ बर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो ।

Batas

पुरिए पश्चात प्रहरी र स्थानियहरुद्वरा उद्दार गरी उपचारको लागि पाल्पा अस्पताल तानसेन लाने क्रममा उनको साँझ ८.५० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गत तिन दिन देखि निरन्तर भारी वर्षा भैरहेकोले विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.