www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोकमा ५० जना बेपत्ता

काठमाण्डौँ ।

अविरल वर्षापछि ठाउँठाउँमा बाढी र पहिरो जाने क्रम रोकिएको छैन । लागातार पानी परेपछि गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको हेलम्बुमा ५० जना बेपत्ता भएका छन् ।

हिजो साँझ ६ बजेतिर गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको र उनीहरुको अवस्था थाहा हुन नसकेको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिएका छन् ।

Batas

हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सातवटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरु बगाएको छ । तिम्बु बजारका बासिन्दा भने सुरक्षित स्थानमा छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.