www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीको देवदह क्षेत्र डुबानमा

देवदह ।

लगातार परेको पानीका कारण रुपन्देहीको देवदह क्षेत्रको विभिन्न स्थानमा क्षति पुगेको छ ।

बर्षायाम शुरु भएसंगै आएको पानीका कारण देवदहको विभिन्न क्षेत्र डुबानमा परेको हो । बाढीले घोेडाहा खोला, भलुही खोला, कचरार खोलामा आएको बाढीले देवदहको धेरै गाउँ वस्ती डुवानमा परेको छ । गाउँ पूर्णरुपमा डुवानमा पर्नुको साथै सामग्रीहरु समेत बगाएर लगेको स्थानीयवासीहरुले बताएका छन् । लगातार आएको बर्षाका कारण देवदह–६, मा एक घर पूर्णरुपमा डुवानमा परेपछि अन्यत्र वस्न वाध्य भएको छ ।

Batas

स्थानीय जीवन श्रेष्ठको घरमा बाढी पसेपछि अरुको घरमा आश्रय लिएर बसेको देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिए । यसैगरी देवदह–५, खैरेनीमा रहेको लोकेश्वर मन्दिर पनि डुवानमा परेको छ । अधिकांश ठाउहरुमा पानीको निकास नहँुदा डुवानमा परेको देवदह–५, का वडासदस्य तोलराज विकले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.