www.tandavnews.com
Fact ~ In search of truth

मनाङेको अभिव्यक्तिप्रति पूर्वमुख्यमन्त्री गुरुङको आपत्ति

पोखरा
ताण्डव न्यूज ।

गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री राजीव गुरुङ (दिपक मनाङे)को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मन्त्री मनाङेको पछिल्लो समयमा आएका अभिब्यक्ति आपत्तिजनकमात्र नभई अशोभनिय रहेको जनाइएको जनाइएको छ ।

एक सञ्चारमाध्यममा पूर्वमुख्यमन्त्री र मनाङेका सहयोगी बिच भेट भएको बारे प्रकाशित समाचार झुठ भएको पुर्व मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहाकार बिक्रम न्यौपानेले बताएका छन् । ‘गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे)सँग पूर्वमुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङज्यूलाई जोडेर बुधबार एउटा अनलाइन समाचार माध्यममा आएको समाचार झुठो हो । माननीज्यूले राजीव वा उनका सहयोगी या प्रतिनिधिसँग कुनै छलफल गर्नुभएको छैन । प्रदेश सभाका सांसद राजीवसँग मन्त्रिपरिषदको अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म न भेटघाट भएको छ, न कुराकानी । पूर्वमुख्यमन्त्रीज्यूलाई लिएर सांसद राजीवबाट पछिल्लो समय आएका अभिव्यक्तिसमेत अशोभनीयमात्रै होइन आपत्तिजनक छन् । उहाँको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यसहित त्यस्ता अभिव्यक्ति दिएर राजनीतिक र संसदीय मर्यादाको खिल्ली नउडाउन पनि विशेष आग्रह छ ।’ सार्वजनिक ध्यानाकर्षणमा  न्यौपानेले उल्लेख गरेका छन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.