www.tandavnews.com
Fact ~ In search of truth

४ असारमा विश्वासको मत लिदैँ गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेल

पोखरा ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यही असार ४ गते विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने निर्णय भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ।

Batas

६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद संख्या ५९ कायम भएको छ। मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अब ३० जना सांसदको विश्वास प्राप्त गरे पुग्नेछ। विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्को कार्य विभाजन, विस्तार गर्ने तयारी सरकारले गरेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.