www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाःजीप दुर्घटनामा एकको मृत्यु

स्याङ्जा ।

आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नंको जीप बिहान १०ः१५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घाइते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

Batas

ग्रामीण कच्ची बाटोबाट जीप झण्डै पाँच मिटर तल खस्दा जीपमा सवार भीरकोट– ३ का मनु भन्ने विकास थापा (जीप चालक), सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् । घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.